
अर्घाखाँची । अर्घाखाँचीमा टाइफाइड रोगविरुद्व खोप अभियान वैशाख २ गतेसम्म संचालन हुने भएको छ ।
अन्य जिल्लामा वैशाख १८ गते सम्म अभियान भएपनि जिल्लामा वैशाख २ गते भित्रमा खोप लगाएर सकिने स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । खोप लगाउनका लागि स्वास्थ्यकर्मी, स्वंयमसेवीका सम्बन्धित विद्यालयका शिक्षक, शिक्षिका परिचालन गरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
जिल्लाभरमा ४६ हजार ९ सय ३३ लाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत रामप्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्