१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


चन्द्रागिरिमा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्ने


0
Shares

काठमाडौं, चैत १२ । चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ ।

विश्वमा फैँलदै गएको कोभिड–१९को नेपालमा सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै टोखाले तत्काल विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्न लागेको हो ।

टोखा नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विदेशबाट भर्खरै आएका व्यक्तिबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै सबै वडाले आ–आफ्नो वडामा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन गर्न लागेको जानकारी दिए ।

“विदेशबाट आएका व्यक्तिलाई कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा रहनका लागि अनुरोध गर्न लागेका छौँ”, उनले भने ।

चन्द्रागिरिले विदेशबाट फर्केको व्यक्तिको नाम, फर्र्किएको देशको नाम, स्वदेश फर्केको मिति र सम्पर्क नम्बर माग गरेको छ । काठमाडौं प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा १५ वडा छन् ।

उक्त नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । सरकारले चैत ११ गते बिहानदेखि चैत १८ गते साँझसम्म देशैभरि ‘लकडाउन’ गरेपछि चन्द्रागिरि नगरपालिकाले पनि आफ्ना नगरवासीलाई घरभित्र बस्न माइकिङ गर्ने भएको छ । रासस