१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


हवाई सेवा बन्द हुदा विदेशी पर्यटकको बिचल्ली, खानसमेत नपाएको गुनासो


0
Shares

काठमाडौं, चैत १२ । सरकारले गरेको लकडाउनको प्रभाव विदेशी नागरिकलाई पनि परेको छ ।

नेपाल घुम्न आएका विदेशी पर्यटकरु लकडाउनका कारण अलपत्र परेका छन् ।

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि स्वदेश फर्कन टिकट काटेका विदेशी पर्यटक अलपत्र परेका हुन ।

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा भेटिएका एक अमेरिकी दम्पत्ति आफुहरुलाई अमेरिकी दूतावासले पनि केही सहयोग नगरेको भन्दै आफुहरु होटलमा बसिरहेको बताए ।

होटेलमा खाना खानसमेत नपाउँदा कतिपय विदेशीहरु भोकभोकै बस्न बाध्य छन् ।

अधिकांश देशमा हवाई उडान बन्द भएपछि विश्वभरका पर्यटकहरुले यतिबेला सास्ती खेपिरहेका छन् । कयौं नेपाली पनि स्वदेश फर्कन नपाउँदा यसरी नै विदेशमा अलपत्र परेका छन् ।