१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुधकोसी किनारमा एक पुरुष मृत फेला


169
Shares

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–६ मुक्लीका ६३ वर्षीय गणेशकुमार राई मृत फेला परेका छन् ।

गत १४ चैतदेखि सम्पर्कविहीन बनेका राई आइतबार खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे तल्लो सल्लेको तितेकुरस्थित दुधकोसीको किनारमा मृत फेला गरेका हुन् ।

बेवारिसे अवस्थामा शव फेला परेपछि सोधीखोजीका क्रममा राईको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताउनुभयो ।

घाँटीमा लगाएको तुलसीको माला, घडी र लुगाको आधारमा राईको शवको पहिचान गरिएको हो ।

शव पहिचानपछि आफन्तलाई जिम्मा लगाएर पठाइएको प्रहरी निरीक्षक शाहले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।