
काठमाडौं, चैत १२ । सीमा नाका र अन्तर्राष्ट्रिय हवाई सेवाबाट नेपाल आउन रोक्ने सरकारको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश डम्बर शाहीको इजलासले थप छलफल गरेरमात्र यसमा अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने उल्लेख गरेको छ ।
थप छलफलका लागि रिटका दुबै पक्षलाई अदालतमा बोलाउन दिइएको सर्वोच्चको आदेशमा सरकारसँग सीमा नाका बन्द गर्नुको कारण मागिएको छ ।
कोरोनाभाइरस फैलिने सन्त्रास बढेपछि सर्वोच्च आफैंले १५ दिन अत्यावश्यक सेवाबाहेक अरू सेवा बन्द गरेको थियो ।
अधिवक्ता मिना बस्नेत र माधव बस्नेतले कोरोनाका बेला नेपाल प्रवेशमा रोक लगाउन नहुने भन्दै दिएको रिटमा सर्वोच्चले थप छलफल गर्नुपर्ने भनेको हो ।
प्रतिक्रिया दिनुहोस्