१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेलिकमको नयाँ वर्ष अफर : रिचार्जमा २ जिबी डाटा फ्रि


1.833k
Shares

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर ल्याएको छ ।

चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुने नयाँ वर्ष अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।

यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

साथै २ सयदेखि ४ सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५ सय रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।