
काठमाडौं । पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानले संसद्को निर्वाचन छिटो गर्न माग गरेका छन् ।
शहबाज शरीफ नयाँ प्रधानमन्त्री बनेको केही घण्टापछि खानले ट्वीटर मार्फत छिटो निर्वाचन गर्न माग गरेका हुन् ।
पीटीआईको प्रमुख समेत रहेका खानले ट्विट गर्दै भनेका छन्, ‘हामी पाकिस्तानमा चाँडो चुनावको माग गर्छौं । किनभने जनताले निष्पक्ष र स्वतन्त्र निर्वाचनमार्फत आफू कसलाई प्रधानमन्त्री बन्ने भन्ने निर्णय गर्न सक्ने एउटै बाटो हो ।’
इमरानले अघि लेखेका छन्, ‘म बुधबार पेशावरमा नमाजपछि र्यालीलाई सम्बोधन गर्नेछु । विदेशी षड्यन्त्रका कारण सत्ता परिवर्तनपछिको यो पहिलो जुलुस हुनेछ । म चाहन्छु । हामी सबैसँग सामेल हुनुहोस् ।’
पाकिस्तान विदेशी शक्तिको कठपुतली नभएर स्वतन्त्र देश भएको उनले बताए ।
पाकिस्तानको नेशनल एसेम्बलीमा इमरान खानविरूद्धको अविश्वास प्रस्तावमा गत शनिबार मतदान भएको थियो । जसमा इमरान खान सरकारको विरूद्धमा १७४ मत परेको थियो । त्यसपछि पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीका नेता शरीफ २३ औं प्रधानमन्त्रीमा चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्