१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थतन्त्रको विकासका लागि ग्रामीण र शहरी क्षेत्रबीचको विकासलाई दिगो बनाउनुपर्छ : मन्त्री कार्की


104
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र शहरी क्षेत्रको बीचको विकासलाई दिगो बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले सबै नागरिकको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जालको जडान गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको भन्दै यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाच्ने तरिकालाई असर गरिरहेको बताउनुभयो ।

मन्त्री कार्कीले समाज बिस्तारै अनेकौं सपनाका कारण बस्तीहरू रित्तिँदै गएको र शहरमा बस्ने आकंक्षाले शहरलाई अव्यवस्थित बनाउँदै गएको बताउनुभयो ।

उहाँले शहरीकरण कारण अहिले भएको विकास पनि एकांकी हुनसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

मन्त्री कार्कीले गाउँका जनतालाई गाउँमै बसौँ÷बसौँ लाग्ने नीति तर्जुमा गर्नु अहिलेको आवश्यक्ता भएको पनि बताउनुभयो ।

मन्त्री कार्कीले अव्यवस्थित शहरीकरणका समस्यालाई समाधान गरेर समाजलाई गरिबीबाट माथि लाने, गाउँलाई सफा, सुन्दर र स्वच्छ बनाउने र शहरलाई पर्यटकको आकर्षण केन्द्र बनाउने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।