२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आचारसंहिताभित्र रहेर निर्वाचन सफल बनाउन पत्रकारलाई आयोगको आग्रह


78
Shares

पोखरा । निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जङ्गबहादुर राणाले पत्रकारहरूलाई आचारसंहिताभित्र रहेर निर्वाचन सफल बनाउन आग्रह गर्नुभएकाे छ ।

निर्वाचन आयोग नेपालले स्थानीय तह सन्दर्भमा पोखरामा आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै राणाले सही सूचना दिनु मिडियाको दायित्व भएकाले भ्रमित सूचना नदिन आग्रह गर्नुभयो ।

मतदाता शिक्षादेखि निर्वाचन सम्बन्धी यथार्थ सूचना सबैको पहुचमा पुर्याउनु मिडियाको दायित्व भएको उहाँको भनाइ छ । मतदातादेखि उम्मेदवार, राजनीतिक दललाई सचेत गराउने काम पनि मिडियाको भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन रिपोटिङ गर्दा आचारसंहिता रहेर काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले समाचारको विश्वसनियता र निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले निर्वाचन आचारसंहिताबारे प्रस्तुति दिनुभएको थियो ।