
कैलाली । ब्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए । दुवै जनलाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
दाहाल यसैवर्ष ओलम्पिक मान्यता प्राप्त खेलमा विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी बनेर इतहार रच्न सफल भएका थिए । वर्षको उत्कृष्ट महिला खेलाडीमा राजपुरासंँगै भलिबलकी सरस्वती चौधरी र फुटबलकी उषा नाथ पनि मनोनयनमा परेका थिए ।
वर्ष प्रशिक्षकको अवार्ड भलिबलका जगदिश भट्टले जितेका छन् । उनको प्रशिक्षणमा नेपालले लगातार दुईपटक एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो ।
यस्तै वर्ष युवा खेलाडीको अवार्ड फुटबलकी चन्द्रा भण्डारी, सुदूरपश्चिम आइकन (पुरुष) फुटबलका कुवेर सिंह र सुदूरपश्चिम आइकन (महिला) को अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जितेकी छन् ।
यस्तै क्रिकेटका प्रशिक्षक अर्जुन खड्कालाई मरणोपरान्त स्पेशल अवार्ड प्रदान गरिएको छ । उनले डेढ दशकसम्म क्रिकेट प्रशिक्षण गरेर दर्जनौ खेलाडी उत्पादन गरेका थिए ।
लाइफटाइम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती भनेर चिनिने लालबहादुर खड्कालाई प्रदान गरिएको छ । छैटौं राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले फुटबलमा स्वर्ण जित्दा उनी प्रशिक्षक थिए । अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफी प्रदान गरिएको छ ।
अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफी प्रदान गरिएको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी प्रदाaन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्