
काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाँउपालिका–३ बेलहापुरमा मंगलबार साँझ ट्याक्टरमा जडान भएको थ्रेसर पल्टिएर च्यापिँदा एक जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् ।
गहुँ काट्ने थ्रेसर लिएर जाँदै गरेको लु ४ त ६१६८ नम्बरको ट्याक्टरमा जडान भएको थ्रेसर पल्टिँदा ट्याक्टरका कामदार अर्घाखाँचीकै सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका २३ वर्षीय तिरन जि.सि.को घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार छत्रदेव गाँउपालिका–३ का ४१ वर्षीय खिम बहादुर मुखियालाई भने उपचारको लागी जिल्ला अस्पताल सन्धिखर्क पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्