
भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्राको चौथों दिन आज बुधबार बिहान बोलाछेंस्थित जेठा गणेशको मन्दिर परिसरमा ‘ल्हा मरुम्ह यसीँ द्यो’ (हात नभएको लिङ्गो) उभ्याइएको छ ।
स्थानीय प्रजापति समुदायले विधिवत् पुजा गरेर हात नभएको लिङगो उभ्याएको हो । स्थानीय युवाहरु सक्रियतामा बाजागाजा सहित लिङगो उभ्याइएको हो । बोलाछेंमा उभ्याईने लिङगोलाई जेठा गणेशको प्रतिकको रुपमा लिईन्छ ।
राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याईने योसिंखेलको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो उभ्याउने प्रचलन सुरु भएको संस्कृतिविद्हरु बताउँछन् ।
हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने छ । यसरी प्रजापति समुदायले आज उभ्याएको लिङगोलाई बिस्केट जात्राका अन्तिम दिन बैशाख ५ गते बिहान ढाल्ने परम्परा छ ।
यसैगरी, आजै साँझ भक्तपुरको भेलुखेल स्थित योसिंखेलमा ५५ हात लामो आज भएको लिङ्गो उभ्याईने छ ।
प्रतिक्रिया दिनुहोस्