
web pic
काठमाडौं । बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बामनडाडाबाट मौरीबजारतर्फ आउँदै गरेको से १ ज ६७३ नम्बरको जिप दुर्घटना हुँदा छबिसपाथीभेरा गाउँपालिका–३ बामनडाडाका ५० वर्षीय जय बहादुर सार्कीको मृत्यु भएको हो ।
चालक मात्र सवार रहेको जिप सडकबाट अन्दाजी ४ सय मिटर तल सेती नदीमा खसेको प्रहरी चौकी मटेलाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्