
काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम के.सी.लाई नियुक्त गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम् एआइजी के.सी.लाई नियुक्त गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सोमबार अवकाशमा गएपछि आइजी पद खाली थियो ।
नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी के.सी. र रामशरण पौडेल हुनुहुन्थ्यो । सरकारले वरियताका आधारमा के.सी.लाई महानिरीक्षक नियुक्त गरेको हो ।
के.सी.को कार्यकाल भने २१ दिन मात्र हुनेछ । उमेर हदका कारण के.सी. र एआईजी पौडेल दुबैले १९ वैशाखमा अवकास पाउनेछन् । त्यसपछि फेरि नयाँ चयन हुनेछ ।
के.सी. नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना हुनु भएको र पछि सशस्त्र प्रहरीमा प्रवेश गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्