
एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुई तिहाई जनसंख्या नै खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ ।
आगामी महिनामा यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा भोग्नसक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको हो । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको तथ्याङ्कमा सो कुरा उल्लेख गरिएको छ ।
तथ्याङ्कका अनुसार यहाँका ७७ लाख मानिस खाद्य असुरक्षामा पर्ने र यो संख्या यहाँको जनसंख्याको ६३ प्रतिशत हुन आउने पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले सुडानको यो समस्यालाई मनन् गरेर विश्व समुदायसमक्ष सहयोगको अपिल पनि गरेको छ ।
सुडानको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएकाले मानवीय सहायता उपलब्ध गराउनुपर्ने सो निकायले जनाएको छ ।
यहाँ खडेरी, आन्तरिक द्वन्द्व तथा राजनीतिक संकटका कारण केही वर्षदेखि अरु विविध समस्याका अतिरिक्त खाद्यान्नको पनि समस्या परिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्