
काठमाडौं, चैत्र १३ । काठमाडौं उपत्यका कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीको तेस्रो दिन सुनसान देखियो ।
सडकहरु पूर्ण रुपमा सुनसान थियो । मानिसहरु बन्दाबन्दीको निर्देशन पालना गरेर घरभित्रै बसेका थिए ।
सडकमा सुरक्षा निकाय, अत्यावश्यक सेवाका वाहन, एम्बेलुन्स, सञ्चार, खानेपानी, दूध बोकेका सवारी साधन मात्र चलेका थिए ।
अत्यावश्यक काम भएकाहरुलाई पास हेरेर आवतजावतमा छुट दिइएको सुरक्षाका लागि खटिएका अधिकारीहरुले जानकारी दिए ।
कोरोना भाइरसबाट जोगिन बारम्बार हात धुनुपर्ने भएकाले चोक चोकमा हात धुने पानी र साबुनको व्यवस्था गरिएको देखिन्थ्यो ।
शुरुका दुई दिनमा सडकमा हेर्ने रमितेहरु निस्किएका भएपनि बिहीबार भने नियम पालना गरेर मानिसहरु घरमै रहेको सुरक्षा अधिकारीहरुले बताए ।
तस्वीरमा यस्तो देखियो बन्दाबन्दीः
शब्द/चित्रः राजन कुईंकेल
प्रतिक्रिया दिनुहोस्