
काठमाडौं, चैत्र १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोही पनि भोकमरीको शिकार बन्नु नपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभापति देउवाले विश्वभर फैलिएको कोरोना भाइरसबाट नेपालले सुरक्षाका लागि लकडाउन गरे पनि न्यून आय भएकालाई राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले भनेका छन्, ‘‘विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो । कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमरीको शिकार बन्न नपरोस्,’’ ।
उनले ट्विटमा भनेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्