
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ ले सम्पूर्ण नेपालीहरुमा सुख समृद्धि र उमङ्गको कामना गर्नुभएको छ ।
नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको हो । साथै उहाँले संवत् २०७९ निर्वाचन वर्ष बन्न गइरहेकाले स्वतन्त्र‚ निष्पक्ष र भयरहित वातावरणमा जनताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउन् भन्ने कामना पनि गर्नुभएको छ ।
हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएको भन्दै राष्ट्रपति भण्डारीले नयाँ वर्ष आशा‚ अपेक्षा र उमङ्गको उत्सव पनि हो भन्नुभएको छ ।
विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्नुपर्ने भन्दै उहाँले राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु पर्नेमा जोड दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्