
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा आज बिहीबार विसु पर्व मनाइँदैछ ।
सुदूर पश्चिमेलीले नयाँ वर्षको पहिलो दिनलाई विसु पर्वका रुपमा मनाउने गरेका छन् ।
सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले जानकारी दिनुभयो ।
सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर स्थानीय खानाका परिकार खाने तथा खुशी साटासाट गरी मनाउने चलन छ ।
यस्तै, आजै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा पूजा गरि पशुबलि समेत दिने गरिन्छ । हरेक वर्ष डडेल्धुराको अमरगढी–३ घटालमा लाग्ने प्रसिद्ध मेला यस वर्ष दुई वर्षपछि शुक्रबार लाग्ने स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्