
काठमाडौं । जलवायु परिवर्तनले पारेका प्रभावहरूको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ ।
जलवायु परिवर्तनले पारेका प्रभावहरूको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियानमार्फत् विश्वका १५० देशमा भ्रमण गर्नुहुने भएको हो ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै शर्माले यस अभियानका बारेमा जानकारी गराउनुभएको हो । उहाँले विश्वव्यापी रूपमा देखिएको जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याहरूलाई न्यूनिकरण गर्ने उद्देश्यबाट प्रेरित भएर विश्व साइकल यात्रा तय गरिएको बताउनुभयो ।
शर्माले अभियानमार्फत् जलवायु परिवर्तनको असरको सम्बन्धमा सचेतना फैलाउनुका साथै १५० देशमा कार्बन उत्र्सजन न्यूनिकरणको सन्देशसहित ५०० वटा वृक्षारोपण गर्ने पनि बताउनुभयो ।
विश्व साइकल यात्रामा आफूले इलेक्ट्रिक साइकल प्रयोग गर्ने जानकारी दिनुभयो । आगामी दिनमा स्वच्छ वातावरणका लागि पेट्रोलियम पद्धार्थको प्रयोगमा बन्द गर्नुपर्नेमा उहाँको जोड छ ।
शर्माले साइकलमार्फत् नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लावस, कम्बोडिया, भियतनाम, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्मको यात्रा पहिलो चरणमा गर्ने र क्रमशः अन्य देशहरूमा यात्रा गर्ने बताउनुभयो ।
पाँच वर्ष भित्रमा विश्वका १५० देशको यात्रा गर्ने शर्माको लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस्