८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


रुसी युद्धपोत समुद्रमै डुब्यो


7.306k
Shares

काठमाडौं । रुसमा विष्फोटपछि क्षतीग्रस्त एउटा शक्तिशाली युद्धपोत कृष्णसागरको तटिय क्षेत्रमा डुबेको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार क्षतीग्रस्त मोस्कभा नामको युद्धपोत डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको हो। ५ सय १० नौसैनिकसहितको उक्त युद्धपोतमा विष्फोट र आगलागी भएपछि युद्धपोत खाली गरिएको थियो । युद्धपोतमा जडान गरिएका केही आधुनिक हतियार भने झिक्न नभ्याईएको बुझिएको छ।

सोभियत कालमा बनेको यो युद्धपोत कृष्णसागरमा तैनाथ रुसी जलसेनाको सबै भन्दा ठूलो हतियार थियो । रुसले युद्धपोतमा प्राविधिक समस्याले विष्फोट र आगलागी भएको जनाइएको छ।

तर युक्रेनले भने आफ्ना सेनाले प्रहार गरेका दुईवटा मिसाइलले युद्धपोतमा क्षती पुर्याएको दावी गरिरहेको छ।