१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भारतमा सरकारले ल्यायो गरीबका लागि २२ अर्ब डलरको राहत कार्यक्रम


0
Shares

एजेन्सी, चैत्र १३ । कोरोनाभाइरस महामारीको आर्थिक असरसँग जुध्न भारत सरकारले २२ अर्ब डलरको आर्थिक प्याकेज ल्याएको छ ।

प्याकेज घोषणा गर्दै अर्थमन्त्री निर्मला सीतारमणले कोही पनि भोको र बेखर्ची देख्न नचाहेकाले सरकारले यो आर्थिक प्याकेज ल्याएका बताइन् । यो प्याकेजमा निःशुल्क खाना र आर्थिक सहायता समेटिएको छ ।

स्वास्थ्यकर्मीहरूले ६६ हजार ५ सय डलरसम्मको स्वास्थ्य बीमा पाउने जानकारी पनि उनले दिइन् । 

अर्थमन्त्री सीतारमणले रोजगार सुनिश्चितता कार्यक्रम अन्तर्गत श्रमिकहरूले सुलभ मात्र नभएर निःशुल्क ग्यास सिलिन्डरजस्ता सुविधा पाउने पनि बताइन् ।

भारतको कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशतको यो प्याकेजले त्यहाँका गरीबलाई सघाउने बताइएको छ । १ अर्ब ३० करोडजति मानिस लकडाउनका कारण घरभित्रै रहँदा भारतको अर्थतन्त्र गम्भीर मन्दीतर्फ जाँदैछ ।

दशौँ लाख अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक रहेको भारतमा तिनै वर्गले सबैभन्दा ठूलो असर व्यहोर्दै छन् । उनीहरूको दैनिक खानपानमै समस्या पर्न सक्ने बताइएको छ ।