
काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्