
हेटौंडा । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कानुनअनुसार बनाइएको निर्देशिका कार्यान्वयन गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि शुक्रबार हेटौंडामा निर्वाचन सञ्चालन प्रादेशिक प्रशिक्षक प्रशिक्षणमा उहाँले निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको पनि बताउनुभयो ।
आयुक्त भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, पारदर्शी, भयमुक्त बनाउन निर्वाचनमा खटिएका निर्वाचन अधिकृतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
उम्मेदवारको मनोनयन पत्रमा हाल आयोगले गरेको नयाँ व्यवस्था लागू गर्न पनि उहाँको दिर्नेशन दिनुभयो ।
साथै आचारसंहिता लागू गर्ने र शान्तिसुरक्षा समन्वय सम्बन्धमा विज्ञ प्रशिक्षकहरूबाट दिइने प्रशिक्षणबाट प्राप्त अनुभवलाई निर्वाचनमा प्रयोग गर्न पनि उहाँले प्रशिक्षकहरूलाई आग्रह गर्नुभयो ।
कसैको डर, त्रास लोभलालच वा प्रभावमा नपरी निर्वाचन निर्देशिका तथा आचारसंहिताअनुसार काम गर्न निर्देशन पनि दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्