१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आइएमईको ‘२०७९ मा २०७९’ योजना सार्वजनिक, ६१ जना विजेता छानिने


117
Shares

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक योजना सार्वजनिक गरेको छ ।

काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरी घोषणा गरिएको योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै कम्पनीका कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

एक महिनो योजना अन्तर्गत विदेशबाट आइएमई मार्फत पठाइएको रकम प्राप्त गर्दा हरेक हप्ता १५ जना गरी कुल ६० जनालाई प्रतिव्यक्ति २ हजार ७९ रूपैयाँ प्रदान गरिन्छ । यस्तै, बम्परमा एक जना भाग्यशाली विजेताले भने २ लाख ७ हजार ९ सय रूपैयाँ प्राप्त गर्नेछन् ।

योजनामा सहभागी सेवाग्राहीमध्ये कूल ६१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणाली द्वारा निर्धारण गरिने कम्पनीले जनाएको छ ।

योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू, वेबसाइट एवं सञ्चारका माध्यम मार्फत सार्वजनिक गरिनेछ ।