
काठमाडौं । जिनोआलाई पराजित गर्दै एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमै रहेको छ ।
शुक्रबार राति मिलानले घरेलु मैदानमा जिनोआलाई २–० ले पराजित गर्दै आफ्नो शीर्षता यथावत राखेको हो ।
मिलानका लागि राफेल लिओ र जुनियर मेस्सीअसले एक एक गोल गरे ।
खेलको ११ औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यसपछि ८७ औं मिनेटमा जुनियरले गोल गर्दै मिलानलाई २–० को जित दिलाए ।
जितसँगै शीर्षस्थानमा रहेको मिलानको ३३ खेलबाट ७१ अंक पुगेको छ । जिनोआ २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्