१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा वन्यजन्तु हिड्ने मार्ग बन्याे डम्पिङ साइट


260
Shares

चितवन । चितवनमा वन्यजन्तु हिड्ने मार्ग डम्पिङ साइट बनेकाे छ।

चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने मुख्य सडक बरण्डाभार वन्यजन्तुको वारपार गर्ने मार्ग हो । तर वर्षौदेखि स्थानीय तहहरुले यस सडकको वरपरको क्षेत्रलाई डम्पिङ साइट जस्तै बनाएका छन् । समस्या समाधानको सट्टा अस्पतालजन्य फोहोरसमेत यहीँ ल्याएर थुपारिने गरेको भेटिन्छ ।

यो हो भरतपुरबाट कालिका नगरपालिका जाने आउने मुख्य सडक । यो सडक बरण्डाभार क्षेत्रको महत्वपूर्ण भाग समेत हो । तर धेरै वर्ष भयो यहाँ यसरी नै फोहोर फाल्ने गरिएको छ । न महानगरले न त नगरपालिकाले यसको समाधान गर्यो, न फोहोर कसले फालेको हो भनेर पत्ता लगाएर कारवाही गरियो । अहिले सडक वरपरनै डम्पिङ साइड बनेको छ । पछिल्लो समय यसलाई डिभिजन वन कार्यालय चितवनले सरसफाई गर्न जनचेतना जगाउने काम गरिरहेको छ ।

अहिले बागमती प्रदेश सरकारले उपलब्ध गराएको कार्यक्रम राजमार्ग वरपरको प्लाष्टिक जन्य फोहोर सरसफाई कार्यक्रम जारी छ । १० दिन चल्ने यो अभियानले तत्कालको फोहोर हटाउँला त्यसपछि पुन उस्तै हुने । अर्का सहायक वन अधिकृत वालकृष्ण खनाल बताउनुहुन्छ । वन कर्मचारी, वन दस्ता, वनका पदाधिकारी, टोल विकास संस्था आमा समूहका प्रतिनिधिले अहिले दैनिक सरसफाई गरेर ट्याक्टरका ट्याक्टर फोहोर उठाउने अभियानमा संलग्न छन् ।

फोहोर नगर्न सूचना पार्टी राखेपनि फोहरको व्यवस्थापन हुनसकेको छैन । कुहिने नकुहिने सबै प्रकृतिको फोहोर हुँदा यसले वन मात्रै होइन वन्यजन्तुलाई समेत गम्भिर असरपर्ने खनालको भनाइ छ । फोहोर मैला व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएपनि उनीहरु वेवास्ता गर्छन् ।

वर्षौँसम्मको समस्या समाधानमा चासो नदिएका जनप्रतिनिधि मात्रै होइन फोहोर ल्याएर फाल्नेहरुले पनि उचित डम्पिङ साइड निर्माण र माग गर्नुपर्ने देखिन्छ ।