२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सोलुखुम्बुका दुई वडा अध्यक्ष एमाले प्रवेश


7.007k
Shares

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माप्य दूधकोशीमा बसेको एमाले गाउँपालिका कमिटीको बैठकमा माप्य दुधकोशी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दिनेश राई र वडा नं. ७ का वडा अध्यक्ष सगुजित राई एमाले प्रवेश गरेका हुन् ।

तत्कालिन अवस्थामा नेकपा एमालेमै रहेका दिनेश राई २०७४ सालको स्थानीय तहको निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो । प्रवेश लगत्तै सोही निर्वाचनमा कांग्रेसले उम्मेदवार बनाएको थियो ।

सगुजित राई भने लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय हुनुहुन्थ्यो ।