१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मलको अभावले केरा खेतीनै खुम्चियो


156
Shares

काठमाडौं । रासायनिक मलको अभावका कारण झापाका केरा खेती गर्दे आएका किसान मर्कामा परेका छन् ।

जिल्लामा मल पाउन छाडेपछि केरा उत्पादन घट्नुका साथै खेती खुम्चियोन थालेको छ । पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिई जग्गा भाडामा लिएर केरा खेती गर्दे आएका किसानहरुले भाडा तिर्न समस्या भएको भन्दै जमिन र्फिता दिन थालेका छन् ।

वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने भएपनि किसानहरुले एक पटक पनि मल लगाउन नपाउँदा खेतीमा ह्रास आएको गुनासो गरेका छन् ।

केराखेती गर्नका लागि युरिया, डिएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ । कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा एक हजार ८ सय हेक्टर क्षेत्रमा केराको व्यावसायिक खेती भएको जनाएको छ ।