१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


पोखरामा कोरोना रोकथाम अभियान


0
Shares

पोखरा, चैत १४ । कोरोनाभाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ ।

न्युरोडस्थित कार्यालयबाट किटनाशक औषधी छर्न शुरु गरेको महानगरले शुक्रबार जिरो किलोमिटरदेखि हल्लनचोक, लेकसाइडहँुदै सहिदचोकसम्मको सडकमा किटनाशक औषधी छर्केको हो ।

लेकसाइड क्षेत्रमा किटनाशक औषधी छर्न दमकल प्रयोग गरिएको थियो । त्यसैगरी हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पसगेट, शिक्षा कार्यालयचोक लगायतका ठाउँमा किटनाशक औषधी छरिएको स्वास्थ्य महाशाखाका सिनियर अहेब हरिलाल आचार्यले जानकारी दिए ।

भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा किटनाशक औषधी छरिएको महानगरपालिकाले जनाएको छ । महानगरका प्रमुख मानबहादुर जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीलाई अनुरोध गर्नु भएको छ ।