१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालकै पहिलो शल्य चिकित्सक शर्माको ‘नकोरिएका सन्दर्भहरू’ पुस्तक लोकार्पण


273
Shares

काठमाडौं । नेपालकै पहिलो शल्य चिकित्सक तथा क्यान्सर रोग विशेषज्ञ प्रा.डा.अञ्जनीकुमार शर्माको जीवनमा आधारित ‘नकोरिएका सन्दर्भहरू’ नामक पुस्तकको लोकार्पण भएको छ ।

काठमाडौमा शनिबार एक समारोहबीच श्रीमती अन्नपूर्णा शर्माले पुस्तक लोकापर्ण गर्नुभएको हो ।

अनिता ढुंगेलले लेख्नुभएको पुस्तकमा प्रा.डा.शर्माको जीवनका अनुभुती, पेशागत जिम्मेवारी निर्वाहका क्रममा प्राप्त अनुभव लगायतका सन्दर्भ समेटिएका छन् ।

लोकापर्ण समारोहमा लेक कर्ण शाक्य, प्रा.डा.सुदीपकुमार भट्टाचार्य र प्रा.डा. शंकरमान राईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

समारोहमा प्रा.डा. हेमाङ्ग दीक्षितले विशेष मन्तव्य राख्नुभएको थियो भने प्रा.डा. ज्ञानु पाण्डेले मुस्तकमाथी समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

प्रा.डा. शर्माले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज लगायतका अस्पतालमा काम गर्नुभएको थियो ।प्रा.डा. शर्माले राजदवारको अफिसियल डाक्टर भएर पनि काम गर्नुभएको थियो ।

गोरखा दक्षिणबाहु जस्ता पुरस्कार प्राप्त गर्नुभएका प्रा.डा. शर्माले डाक्टरहरूकै विभिन्न संस्थामा रहेर समेत काम गर्नुभएको थियो ।