१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


चितवनमा कोरोना परिक्षण गर्न आउनेको संख्या बढ्दै


0
Shares

चितवन, चैत १४ । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने विरामीको संख्या बढ्दै गएको छ ।

अस्पताल संचालनमा आएको एक सातामै एक सय ४७ जनाले सेवा लिएका छन् । अस्पतालमा शुक्रबार मात्रै १९ जनाको स्वास्थ्य जाँच भएको छ ।

स्वास्थ्य जाँच गरेकामध्ये दुईजना शंकास्पद विरामीलाई भर्ना गरिएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए ।

फ्रान्सबाट आएकी एक युवतीमा कोरोना देखिएपछि उनी आएको जहाजमा नेपाल आएकामध्ये चितवनमा रहेका पाँच जनासहित अन्य ११ जनाको नमूना काठमाडौं पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता आधिकारीले बताए ।