१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


जोखीममा सुचना प्रवाह गर्दै पत्रकारहरु, छैन कुनै सुरक्षित हुने उपकरणहरु


0
Shares

काठमाडौं, चैत १४ । मुलुकमा यतिबेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् । सञ्चार क्षेत्र पनि अत्यावश्यक सेवाभित्र पर्दछ ।

कोरोना संक्रमणको खतराबीच सञ्चारकर्मीले सूचना सम्प्रेशणको राष्ट्रिय दायित्व निर्वाहा गरिरहेका छन् ।

देश नै एक साता लकडाउन भएको समयमा विभिन्न संचारमाध्यमका पत्रकारहरु भने यतिबेला हातमा सामान्य पन्जा र मास्क लगाई समाचार संकलन गरिरहेका छन् ।

तीब्र गतिमा फैलने सामथ्र्य राख्ने कोरोना भाइरसको लागि सुरक्षा उपकरण सामान्य हुन । तर देशबासीलाई सही र यथार्थ सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीहरु ज्यानको बाजी लगाएर मैदानमा उत्रिएका छन् ।

 विश्वव्यापी कोरोना संक्रमणको प्रभावले सञ्चारकर्मीहरुलाई सूचना संकलनको कार्यलाई कसरी निरन्तरता दिने भन्ने कुराले सताउन थालेको छ । यसले समग्र सञ्चार जगतमा एक खालको संकट पैदा गरिदिएको छ ।

मुलुकका विभिन्न भागबाट सञ्चालित साप्ताहीक पत्रिकाहरु धमाधम बन्द हुँदै छन् । नाम चलेका केही राष्ट्रिय दैनिक पनि शनिबारदेखि प्रकाशन नहुने भएका छन् 

पुरै विश्वले भोगेको कठिन परिस्थितमा यथार्थ सूचना सम्प्रेषण गर्न नेपाली सञ्चारगृह र सञ्चारकर्मीले देखाएको तत्परता निकै स्वागतयोग्य छ । तर जोखिमयुक्त ठाउँमा पनि सूचना संकलन गर्न जानु पर्ने भएकाले सञ्चारकर्मीले आफ्नो सुरक्षामा पनि उत्तिकै ध्यान दिन जरुरी छ ।