१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्सामा सत्तारुढ गठबन्धन भंग, कांग्रेस र जसपा छुट्टिए


364
Shares

काठमाडौं । पर्सामा सत्तारुढ गठबन्धन भंग भएको छ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिकासहित पर्साका सबै स्थानीय तहमा छुट्टाछुट्टै चुनाव लड्न सहमत भएसँगै गठबन्धनको औचित्य सकिएको हो ।

केन्द्रले गठबन्धन गर्ने निर्णय गरे पनि स्थानीय तहमा भने कांग्रेस र जसपाले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् ।

कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा अध्यक्ष रामनरेश यादवबीच आसन्न निर्वाचनमा जिल्लाका १४ वटै पालिकामा मित्रवत प्रतिस्पर्धामा जाने सहमतिमा हस्ताक्षर भएको छ ।

स्थानीय नेता र कार्यकर्ताको मनोभावनाको कदर गर्दै प्रतिस्पर्धा गर्ने निर्णय भएको सहमति पत्रमा उल्लेख छ ।

पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज, ३ वटा नगरपालिका र १० वटा गाउँपालिका छन् । जसपा र कांग्रेस दुबैले वीरगञ्ज महानगरपालिकामा मेयर पाउनुपर्ने अडान लिएपछि गठबन्धन गर्न सकस भएको थियो ।