
एजेन्सी । दक्षिण अफ्रिकामा आएको बाढी र पहिरोका कारण चार सयको मृत्यु भएको छ र दशौं हजार घरबारविहीन भएका छन् ।
ठूलो वर्षापछि आएको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा अझै केही हराइरहेका छन् । बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पुर्याएको छ भने घरहरू बगाएको छ ।
दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्