
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठको दोस्रो साता देखि सञ्चालन गर्न निर्देशन दिएको छ ।
परीक्षा बोर्डले आइतबार सूचना प्रकाशन गर्दै जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी परिक्षा सञ्चालन गर्न सबै विद्यालयहरुलाई निर्देशन दिएको हो ।
बोर्डले शैक्षिक सत्र २०७८मा रजिष्ट्रेशन भई विभिन्न विद्यालयहरुमा कक्षा ११मा अध्ययनरत विद्यार्थीहरुको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भईरहेको जनाएको छ ।
यस्तै विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहिते कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन शाखा कार्यालयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराईने जनाईएको छ ।
कक्षा ११ को परीक्षामा विद्यार्थीले बोर्डले प्रदान गरेको सिम्बोल नम्बर उल्लेख गरी परीक्ष दिनुपर्ने व्यवस्था गरिएको पनि बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्