१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थपिए १२ जना कोरोना संक्रमित


156
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४८९ जनामा कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

हाल देशभर ३ सय ७५ जना सक्रिय संक्रमित छन् ।