१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा


195
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनको निर्णयविरुद्ध अदालत जानुभएको छ ।

सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अधिकारी आइतबार सर्वोच्च अदालत जानुभएको हो ।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको हो ।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको छ । उहाँका तर्फबाट अधिवक्ताद्वय सुरेन्द्र थापा र नरेन्द्र गौतम सर्वोच्चमा रिट दर्ता गराउन जानुभएको हो ।