
काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चार संस्थाहरुमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवि पत्रकारहरुको शोषण गर्ने सञ्चार संस्थाहरुमा सोमबारदेखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको हो ।
श्रमजीवि पत्रकारहरुको शोषण गर्ने सञ्चार संस्थाहरुमा संवादमार्फत् समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनुपरेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताउनुभयो । उहाँले श्रमजीवि पत्रकारहरु र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरु कुनै पनि हालतमा पछि हटन नसक्ने समेत स्पष्ट पार्नुभयो ।
महासंघका अध्यक्ष पोखरेलले श्रमजीवि पत्रकारहरुले श्रम शोषण भएको लिखित जानकारी महासंघमा रेकर्ड गराएको उल्लेख गर्दै उनीहरुको माग सम्बोधन गरेर अघि बढनुको विकल्प नरहेको बताउनुभयो । महासंघले प्रेस स्वतन्त्रता विरोधी खालका कतिपय ड्राफ्ट भएको कानूनहरुको विरोधमा सरकारसँग पनि आन्दोलन जारी रहेको र त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्