२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्थानीय निर्वाचन सर्दैन, बेलुकासम्म बाँडफाँट टुङ्ग्याउँछौं : अध्यक्ष दाहाल


182
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नसर्ने स्पष्ट पार्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको प्रष्टयाउनुभएको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उहाँले सत्तारुढ गठबन्धन दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको विषयमा बेलुकासम्म सहमति जुट्ने दाबीसमेत गर्नुभयो ।

अहिले आफू गठबन्धन दलहरूबीचको छलफलबाटै आएको र बेलुकासम्म सहमति जुटने उहाँले बताउनुभयो ।

‘६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं,’ उहाँले भन्नुभयो, ‘महानगर टुंगिनेको नजिक छ, बेलुकासम्म महानगर र उपमहानगरपालिकाको तालमेल निष्कर्षका पुर्‍याउने छौं ।’

शिक्षा र रोजगारीलाई चुनावमा प्रमुख एजेन्डा बनाउने अध्यक्ष दाहालको भनाइ थियो ।