२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बिस्केट जात्रा समापन हुँदै


26
Shares

काठमाडौं । नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार समापन हुँदै छ ।

जात्राको अन्तिम दिन सोमबार साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्रा समापन हुने छ ।

जात्राको अन्तिम दिनलाई द्यो थायहे बिज्याइगु अर्थात् देवतामाथि सवारी हुने भनिन्छ । यस दिन भैरबनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ ।

प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि र चार दिन पछाडि अर्थात ५ वैशाखसम्म जात्रा मनाइन्छ ।

बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु हो ।