
सुर्खेत । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार सिफारिस गरेको छ ।
गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परेमा जोकोहीको पनि उम्मेदवारी फिर्ता हुने सर्तसहित उम्मेदवार सिफारिस गरिएको नेकपा माओवादी केन्द्रले बताएको छ ।
अध्यक्षमा सिफारिस भएकाहरू सबै नयाँ अनुहार छन् । माओवादी केन्द्रले चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी, उपप्रमुखमा ईश्वरी कुमारी शर्मालाई सिफारिस गरेको छ ।
त्यस्तै आठविसकोट नगरपालिका प्रमुखका रवि केसी र उपप्रमुखका लागि धनकुमारी शाही सिफारिस भएका छन् । मुसिकोट नगरपालिका प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्का सिफारिस भएका छन् ।
त्यस्तै सानीभेरी गाउँपालिका अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्ष कमला रोका पुन सिफारिस भएका छन् । त्रिवेणी गाउँपालिकामा अध्यक्ष गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले सिफारिस भएको प्रचार विभाग प्रमुख ध्रुवविक्रम बुढाथोकीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्