१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन


637
Shares

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ ।

म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । रोनाल्डोले छोराको मृत्यु भएपनि छोरी जीवित रहेको जनाएका छन् ।

३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । रोनाल्डोका यस अघि नै चार सन्तान छन् ।