
काठमाडौं । केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेकाे छ ।
सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हाे । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् ।
तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएको छ । पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपंक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका विषयमा तथ्यांक संकलन हुनेभएकाे छ । कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिने छ । कृषि गणनाका लागि पाँच हजार २ सय गणक र एक हजार ३ सय सुपरीवेक्षक आ-आफ्नो कार्यस्थलमा पुगिसकेका छन् ।
यसअघि २०६८ मा कृषि गणना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्