
काठमाडौं, चैत्र १६ । कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म करिब ३१ हजार जनाको मृत्यु भएको छ ।
नेपाली समयअनुसार आइतबार बिहानसम्ममा कोराना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार नाघेको छ ।
संबैभन्दा बढी इटालीमा कोरोनाबाट १० हजार २३ जनाले ज्यान गुमाउँदा ५ हजार ९८२ जनाको मृत्यु भएको स्पेन दास्रो स्थानमा छ ।
भाइरस उत्पत्ति भएको चीनमा ३३ सय जनाको मृत्यु हुँदा भाइरस संक्रमणको नयाँ इपिसेन्टर बनेको अमेरिकाका २२ सय २७ जनाले ज्यान गुमाउन बाध्य भएका छन् ।
इरानमा २५ सय १७, फ्रान्समा २३ सय १४, बेलायत १ हजार १९, नेदरल्याण्ड्स ६ सय ३९, जर्मनी ४ सय ३३, बेल्जियम ३५३, स्वीट्जरल्याण्ड २६४ जनाको मृत्यु भएको छ ।
चीनले आफ्नो देशमा नयाँ संक्रमण हुन रोकेको छ भने भाइरस उत्पत्ति भइ फैलिएको वुहानमा क्रमशः जीवन सामान्यतर्फ ल्याउन थालेको छ ।
भाइरस संक्रमणको नयाँ इपिसेन्टर बन्दै गरेको अमेरिकामा करिब १ लाख २४ हजार संक्रमित बनेका छन् । इटालीमा करिब ९३ हजार, चीनमा करिब साँढे ८१ हजार, स्पेन ७३ हजार, जर्मनी ५७ हजारभन्दा बढी, फ्रान्स साँढे ३७ हजार, इरान ३५ हजारभन्दा बढी संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्