
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाका अधिकांश वडा कमिटीका सभापतिहरूले स्थानीय चुनावमा गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मंगलबार ३२ वटै वडा सभापतिहरूको भेलाले महानगरमा तालमेलविना एक्लै चुनाव लड्नुपर्ने सुझाव दिएको हो ।
महानगरमा गठबन्धन आवश्यक नरहेको भन्दै कांग्रेस एक्लै लड्दा पनि जित्ने उनीहरूको दाबी छ ।
समितिका सभापति र मेयर पदका दावेदार नीलकाजी शाक्य चुनावका लागि वडा सभापतिहरूको सुझाव माग्नुभएको थियो ।
गत आइतबार बसेको समितिको पूर्ण बैठकले समेत निर्वाचनमा महानगरपालिकाभित्र तालमेलको आवश्यकता नरहेको निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्