१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होटल व्यवसायी र कामदारबीच सहमति


143
Shares

काठमाडौं । होटल संघ नेपाल र होटलसँग सम्बन्धित केन्द्रीय ट्रेड युनियनबीच होटल व्यवसाय सञ्चालनलाई निरन्तरता दिनका लागि सहमति भएको छ ।

संघ र पर्यटन तथा होटलसँग सम्वद्ध तीनवटै क्रियाशील केन्द्रीयस्तरका ट्रेड युनियनबीच सहमति भएको हो ।

पर्यटन उद्योगको श्रम सम्बन्धलाई सौहार्दता प्रदान गर्दै होटल व्यवसाय सञ्चालनलाई निरन्तरता प्रदान गर्नका लागि ५ बुँदे सहमति भएको संघले जनाएको हो ।

सञ्चालनमा आएका होटलहरुका लागि २०७६ साल चैत ११ गते भन्दा अगाडि श्रमिक तथा कर्मचारीहरुले प्राप्त गरेको तलब भत्ता, सेवासुविधा तथा सामुहिक सम्झौताबाट प्राप्त गरिएका सुविधाहरु उपलब्ध गराउने र नेपाल सरकारले वृद्धि गरेको पारिश्रमिकलाई लागू गर्ने सहमति भएको छ ।

बन्दा बन्दीको अवस्थामा भएका सम्झौता कार्यान्वयन नभएका होटल तथा प्रतिष्ठानहरुले कार्यान्वयन गर्ने र सेवा शुल्क प्रतिष्ठानहरुले काममा बोलाएका वा नबोलाएका सम्पूर्ण श्रमिकलाई दामासायी रुपमा सबैलाई वितरण गरिने लगायतका विषयमा पनि उनीहरुबीच सहमति भएको छ ।