
एजेन्सी । युक्रेनमा आफ्नो सैन्य अप्रेशन लम्ब्याउन अमेरिका र पश्चिमा राष्ट्र जिम्मेवार रहेको आरोप रुसले लगाएको छ ।
रुसी रक्षामन्त्री सर्गेई शोइगुले अमेरिका र पश्चिमा देश युक्रेनमा आफुहरुले गरेको कारबाही लम्ब्याउने कोसिसमा लागेको आरोप लगाएका छन् ।
हतियार सहयोग बढाएर युक्रेनलाई अन्तिम समयसम्म युद्धमा धकेल्ने मनशायमा अमेरिका र पश्चिमा देश रहेको उनको भनाइ छ । रक्षामन्त्री शोइगुले रुसी सेना डोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र बनाउन व्यवस्थित ढंगले अघि बढिरहेको बताएको रुसी टेलिभिजनलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच, रुसले युक्रेनको पुर्वी क्षेत्रमा फेरी आक्रमणलाई तीब्र बनाएको छ । रुसी सेनाले डोनबासमा युक्रेनी सेनाको क्याम्पलाई लक्षित गर्दै आक्रमणलाई गरेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार स्थानमा आक्रमण गरेको रुसको दाबी छ ।
रुसी सेनाको विशेष सुरक्षा फौज मारिउपोल शहरको अजोवस्ताद स्टील उद्योगमा प्रवेश गरेको छ । जहाँ युक्रेनी सेना रहेको जनाइएको छ । जसका कारण युक्रेनी सेनाको लागि जटिलता बढ्दै गएको आकंलन गरिएको छ ।
यता, युक्रेनी राष्ट्रपतिका सल्लाहकारले रुसी सेनाको प्रतिकारका लागि सेना तयारी अबस्थामा रहेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्