१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मारियुपाेल शहर नियन्त्रणमा लिएको युक्रेनकाे दावी, युक्रेनमा २ हजार घर ध्वस्त


3.354k
Shares

काठमाडाैं । युक्रेनी सेनाले मारियुपाेल शहर पुन: नियन्त्रणमा लिएको दावी गरेको छ ।

रुसले युक्रेनको खार्किभ शहरमा बम बिस्फोट गर्दा १८ जना युक्रेनी नागरिकको मृत्यु भएको छ । एक सय भन्दा बढी नागरिक घाइते भएका छन् । युक्रेनी संचार माध्यमका अनुसार बिस्फोटका कारण खार्किभका मेयरले रुसी आक्रमणमा १ हजार ९ सय २९ वटा भवन ध्वस्त भएको दावी गरेका छन् । रुसी सेनाले पूर्वी युक्रेनमा आक्रमण तीब्र बनाएको छ ।

युक्रेन र रुसबीचको युद्ध जारी भएको आज (बुधबार ) ५६ दिन पूरा भएको छ । लामो समयदेखि चर्किएको युद्ध रोकिंने संकेत भने देखिएकाे छैन् । युक्रेनका सबै शहरहरू रुसी हमलाले ध्वस्त भएका छन् । हाल रुसी सेनाले खार्किभ शहरलाई निशाना बनाएर फाइरिङ गरिरहेको छ ।

सिटी सेन्टर, स्वयंसेवी केन्द्र र विद्यालयलाई लक्षित गरेर रुसले आक्रमण गरिरहेको छ । त्यस्तै, पूर्वी युक्रेनमा रुसी सेनाको आक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । मारियुपोल शहरलाई पूर्णरुपमा ध्वस्त बनाएपछि अहिले खार्किभ शहरलाई रुसले निशाना बनाइरहेको छ ।

रुसले एक दिनमा करिब ८० ओटा भवनमा बम बिस्फोटगरि ध्वस्त बनाइरहेको छ ।