
काठमाडौं । गणेशमान सिंहको स्मृतिमा १७ बैशाखमा तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलोमिटर र ५ किलोमिटरका दुई स्पर्धा हुने छन् ।
१० किलोमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले १५ हजार रुपैयाँ, चौंथो हुनेले १० हजार रुपैयाँ र पाँचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
रेस दरबारमार्गबाट सुरु भई यहि सम्पन्न हुने छ । संस्करणमा पुरुष र महिला दुवै तर्फ पाँच किलोमिटर दौड थप गरिएको छ ।
प्रतियोगितामा रेकर्ड कायम गर्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्